काठमाडौं, २५ असोज । भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट हरीले गेष्टहाउस सन्चालकसहित १४ जनालाई पक्राउ गरेको छ ।
अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले गेष्टहाउस सन्चालकसहित १४ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरुमा ७ जना महिला छन् ।
लकडाउन खुलेपछि गेष्ट हाउसहरूमा असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा शनिबार ठिमी प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो ।

नियन्त्रणमा लिएकाहरुमाथि महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।




