काठमाडौं, २२ असोज । सुनको भाउ २ सय रुपैयाँले घटेको छ ।
तेजावी सुन पनि आज तोलामा २ सयले घटेर ९३ हजार ४ सय रुपैयाँमा पुगेको छ । बुधबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउमा भने आज ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।




