एजेन्सी, २२ असोज । चीनमाथि भारतको १२ सय वर्गा किलोमिटर क्षेत्रफल कब्जा गरिएको आरोप भारतीय विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले लगाएको छ ।
गान्धीले चीनद्वारा भारतको १२ सय वर्ग किलोमिटर क्षेत्रफल कब्जा हुँदा पनि प्रधानमन्त्री नरेन्द्र मोदीले केही गर्न नसकेको बताएका छन्।
हरियाणामा किसानहरुको सभालाई सम्बोधन गर्दै गान्धीले यस्तो हुँदा पनि भारतको जमिन कसैले नलिएको भन्दै मोदीले जिकिर गरिरहेको उल्लेख गरेको भनाइ राखेका छन्।

चिनियाँ सेना भारतमा छिरेर १२ सय वर्गकिलोमिटर क्षेत्रफल कब्जामा लिएको घटना सत्य भएको गान्धीले बताएका छन्।




