काठमाडौं, २१ असोज । सरकारले काठमाडौं उपत्यका कोरोना संक्रमणको जोखिममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्ले असोज १९ गते गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञवालीले सबैलाई सचेतता अपनाउन आग्रह गरेका हुन् ।
सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले अरु जिल्लाहरूमा कोरोनाको प्रकोप बिस्तारै नियन्त्रणउन्मुख भएपनि काठमाडौं उपत्यका जोखिममा रहेको बताए ।

चाडपर्व मनाउन काठमाडौंबाट गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण बढ्ने भन्दै त्यस्तो नगर्न मन्त्री ज्ञवालीले आग्रह गरेका छन् । उनले टाढैबाट आशीष लिने काम गर्दा उपयुक्त हुने बताए ।




