काठमाडौं, २१ असोज। काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुलको आज मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर उदघाटन गरेका छन् र
पुलको लागि १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण गरेको हो ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ । नटबोल्ट खोलेर यो पुल एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ ।
२०७६ माघ ९ गते सो पुलको शिलान्यास भएको थियो ।




