रुपन्देही, २१ असोज। बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत बुटवल र नवलपरासी पश्चिमका दुई जनाको कोरोनाबाट ज्यान गएको छ ।
कोरोनाको कारण ज्यान गुमाउनेहरु बुटवल उपमहानगरपालिका वडा नंं. ९ की ५५ वर्षीया महिला र सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष हुन्।
अस्पतालका अनुसार असोज १६ गते कोरोना पोजिटिभ पुष्टि भई आईसीयूमा उपचाररत पुरुषको गएराति १२ः५० बजे र १७ गते अस्पताल भर्ना भएकी महिलाको बुधबार बिहान ५ बजे मृत्यु भएका छन् ।

दुवै कोरोना संक्रमितमा सुक्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो ।




