advertisement

प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा आफूहरुले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै उनले बताएका छन् । उनले आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्ने जनाएका छन्।

" /> प्रदेश सभामा तोडफोड गर्नेलाई कारबाही गर्नै पर्छ : कांग्रेस नेता गगन थापा - Sarbocha Media

प्रदेश सभामा तोडफोड गर्नेलाई कारबाही गर्नै पर्छ : कांग्रेस नेता गगन थापा

`

     २०७७ आश्विन २० गते ५:०४

काठमाडौं, २० असोज। प्रदेश ५ सभामा सोमबार कांग्रेस सांसदहरूले तोडफोड गरेको घटनाबारेमा नेपाली कांग्रेसका नेता गगन थापाले बोलेका छन् ।

नेता थापाले ट्वीट गर्दै लेखेका छन्, ‘संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। आजको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।’

advertisement

प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा आफूहरुले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै उनले बताएका छन् । उनले आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्ने जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?