काठमाडौं, १९ असोज । कोरोना संक्रमणका कारण २४ घन्टामा थप १९ जनाको मृत्यु भएका छन् । संक्रमणका कारण १४ पुरुष र ५ जना महिलाको मृत्यु भएकाा छन् ।

कोरोना संक्रमणका कारण एकैदिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । मृत्यु हुनेमा काठमाडौंका तीन महिला र ६ जना पुरुष गरी ९ जना रहेका छन् ।
ललितपुरमा तीन वर्षीय बालकसहित ३ जना पुरुषको मृत्यु भएका छन् । मन्त्रालयका अनुसार उपत्यकामा मात्र १२ जनाको मृत्यु भएको जनाएको छ ।
त्यसैगरी सर्लाहीका दुई पुरुष, सुनसरी, चितवन र नवलपरासीपूर्वका १ /१ पुरुषको मृत्यु भएका छन् । पर्सा र गोरखाका १ /१ महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।
योसंगै देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या पाँच सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




