advertisement

सरकारले पार्टीभित्र छलफल नै नगरी मुख्यसचिव र राजदूत सिफारिसको निर्णय गरेकोप्रति अध्यक्ष प्रचण्ड र सचिवालयका शीर्ष नेता असन्तुष्ट छन्। यस विषयमा सचिवालयमा छलफल गर्ने बताइएको भए पनि प्रधानमन्त्रीको निजी सचिवालयका पाँच जनामा संक्रमण पुष्टि भएपछि सचिवालय बैठक अनिश्चित भएको छ।

शनिबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई, स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा कोरोना पुुष्टि भएको छ। सबै सहयोगमा कोरोना पुष्टि भए पनि प्रधानमन्त्रीको रिपोर्ट भने नेगेटिभ आएको छ।

" /> बालुवाटारमा प्रधानमन्‍त्री ओली र प्रचण्डबीच छलफल - Sarbocha Media

बालुवाटारमा प्रधानमन्‍त्री ओली र प्रचण्डबीच छलफल

`

     २०७७ आश्विन १८ गते १०:५०

काठमाडौं, १८ असाेज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बालुवाटारमा छलफल भएको छ।

दिउँसो २ : ३० बजे बालुवाटार पुगेका प्रचण्ड ४ बजे प्रधानमन्त्री निवासबाट बाहिरिएका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन, पार्टी एकता र कोरोना महामारीमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ।

advertisement

सरकारले पार्टीभित्र छलफल नै नगरी मुख्यसचिव र राजदूत सिफारिसको निर्णय गरेकोप्रति अध्यक्ष प्रचण्ड र सचिवालयका शीर्ष नेता असन्तुष्ट छन्। यस विषयमा सचिवालयमा छलफल गर्ने बताइएको भए पनि प्रधानमन्त्रीको निजी सचिवालयका पाँच जनामा संक्रमण पुष्टि भएपछि सचिवालय बैठक अनिश्चित भएको छ।

शनिबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई, स्वकीय सचिव इन्द्र भण्डारीलगायतमा कोरोना पुुष्टि भएको छ। सबै सहयोगमा कोरोना पुष्टि भए पनि प्रधानमन्त्रीको रिपोर्ट भने नेगेटिभ आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?