advertisement

यस्तै अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्ति तथा काठमाडौं बाहिर परीक्षण गराएकाकेन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना पुष्टि भएको पौडेलले जानकारी दिए ।

‘कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।

काँग्रेसले कोभिड—१९ पोजिटिभ देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शीघ्र संक्रमण मुक्तिका लागि कामना गरेको छ ।

" /> काँग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोना देखिएपछि केन्द्रीय समिति बैठक २५ गतेसम्म स्थगित - Sarbocha Media

काँग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोना देखिएपछि केन्द्रीय समिति बैठक २५ गतेसम्म स्थगित

`

     २०७७ आश्विन १८ गते १०:३९

काठमाडौं, १८ असाेज । नेपाली काँग्रेसका ७ केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि तय भएको केन्द्रीय समिति बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको छ।

काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेले सोमबारको बैठक असोज २५ गते बस्नेगरी स्थगित गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

पौडेलका अनुसार पार्टी केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा कोरोना संक्रमण देखिएको छ ।

advertisement

यस्तै अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्ति तथा काठमाडौं बाहिर परीक्षण गराएकाकेन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना पुष्टि भएको पौडेलले जानकारी दिए ।

‘कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको छ’, पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।

काँग्रेसले कोभिड—१९ पोजिटिभ देखिएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शीघ्र संक्रमण मुक्तिका लागि कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?