advertisement

तत्कालीन महानगरीय अपराध महाशाखामा खड्काविरुद्ध भाइबुहारी समुना खड्काले किटानी जाहेरी दिएपछि दुई वर्षअघि उनी पक्राउ परेका थिए । त्यसबेला उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

" /> बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोगमा पूर्वडीएसपीमाथि साइबर अपराध सम्बन्धी मुद्दा - Sarbocha Media

बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोगमा पूर्वडीएसपीमाथि साइबर अपराध सम्बन्धी मुद्दा

`

     २०७७ आश्विन १८ गते ६:०२

काठमाडौं, १८ असोज। नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का बुहारीमाथि अश्लील गालीगलौज गरेको अभियोग लागेको छ ।

खड्का उक्त साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहरिएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । उनीमाथि बुहारी सुमिनालाई बोक्सीको आरोप लगाएर घरबाट कुटपिट गरी निकालेको समेत आरोप लागेको छ ।

advertisement

तत्कालीन महानगरीय अपराध महाशाखामा खड्काविरुद्ध भाइबुहारी समुना खड्काले किटानी जाहेरी दिएपछि दुई वर्षअघि उनी पक्राउ परेका थिए । त्यसबेला उनलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?