बुटवल, १८ असोज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलमा चार दिन निषेधाज्ञा घोषणा गरेको छ ।
प्रदेश ५ को राजधानीका लागि दाङ प्रस्ताव गरिएपछि बुटवलमा आन्दोलन चर्किएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आन्दोलन नियन्त्रण गर्न स्था निषेधाज्ञा जारी गरेको हो ।

आज आइतबार बिहान ६ बजेदेखि २१ असोज बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ । यो अवधिमा सभा, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न–गराउन रोक लगाइएको छ । त्यस्तै, पाँचजनाभन्दा बढी व्यक्ति हिँडडुल गर्न नपाइने जनाइएको छ ।




