काठमाडौं, १७ असोज । सरकारले एउटै व्यक्ति १२ वटा देशका लागि राजदुतमा सिफारिस गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले डा. निर्मलकुमार विश्वकर्मालाई १२ देशको राजदूतमा सिफारिस गरेको हो । कपिलबस्तुका उनलाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गरेको खुलेको छ ।
सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत एवम् बोत्स्वाना, केन्या, ल्यसुथु, कंगो, तान्जानिया, जाम्बिया, जिम्वावे, ग्यावोन, मोजाम्विक, मौरिसस र सिसेल्सका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस गरिएको बताएका छन् ।

विश्वकर्मालाई राजदूत नियुक्त गरेपछि नेकपाका नेताहरुले असन्तुष्टि जनाएका छन् । यस विषयमा आज शनिबार दिउँसो ४ बजे नेकपाको सचिवालय बैठक बस्ने जनाइएको छ ।




