advertisement

२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।

" /> नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुग्यो - Sarbocha Media

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुग्यो

`

     २०७७ आश्विन १४ गते १०:४६

काठमाडौं, १४ असोज ।  कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नजिक पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको हो । मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५५९ जनामा संक्रमण पुष्टि भएको छ ।

advertisement

२४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको छ । यो कुल संक्रमितको ७२ दशमलव ५ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?