काठमाडौं, १३ असोज । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।




