काठमाडौं, १३ असोज । प्रहरीले राजधानीमा मंगलबार बिहान ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।
जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाइएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ।




