बुटवल, १३ असोज । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।

एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको पुष्टि भएको छ । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।




