advertisement

ट्रम्पले भने समाचार गलत (फेक न्युज) भएको दाबी गरेका छन् । ‘वास्तवमा म कर तिर्छु । जब मैले कर तिरेको कागज आइपुग्छ त्यसपछि तपाईंले मैले कर तिरेको थाहा पाउनुहुनेछ,’ ट्रम्पले भनेका छन्, ‘अहिले लेखापरीक्षण भइरहेको छ ।’

राष्ट्रपति ट्रम्पले आफूले कर तिरेको कागजपत्र सार्वजनिक गर्न मानिरहेका छैनन् । यद्यपि यसमा उनले कानुनी रूपमा चुनौतीको सामना गर्नुपर्नेछ । उनी आफूले कर तिरेको प्रमाण सार्वजनिक नगर्ने सन् १९७० पछिको पहिलो राष्ट्रपति बनेका छन् ।

अमेरिकामा कानुनले नै आफूले कर तिरेको प्रमाण सार्वजनिक गर्नु भनेको छ । अर्काे कार्यकालका लागि समेत राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्पको अभियानमा यो समाचारले ठूलो असर गर्न सक्छ । निर्वाचनअघि विपक्षी उम्मेदवार जोई बाइडेनसँगको पहिलो सार्वजनिक बहसको केही दिनअघि राष्ट्रपति ट्रम्पले कर छली गरेको समाचार सार्वजनिक भएको हो ।

 

" /> अमेरिकी राष्ट्रपति ट्रम्पमाथि करछलीको आरोप - Sarbocha Media

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि करछलीको आरोप

`

     २०७७ आश्विन १२ गते १२:३२

एजेन्सी, १२ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आयकर नबुझाएको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले आफू शक्तिमा आएपछि कर तिर्न छाडेको देखिएको छ ।

न्युयोर्क टाइम्सले ट्रम्प राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएको पहिलो वर्ष सन् २०१६ र निर्वाचित भएको पहिलो वर्षमा सात सय ५० अमेरिकी डलर कर तिरेको उल्लेख गरेको छ । पत्रिकाले राष्ट्रपति ट्रम्प र उनको कम्पनीको दुई दशकको कर ‘रेकर्ड’को अध्ययन गरेको जनाएको छ । पत्रिकाले आफूले प्राप्त गरेको प्रमाणअनुसार राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमध्ये १० वर्षमा पटक्कै कर नतिरेको दाबी पनि गरेको छ ।

advertisement

ट्रम्पले भने समाचार गलत (फेक न्युज) भएको दाबी गरेका छन् । ‘वास्तवमा म कर तिर्छु । जब मैले कर तिरेको कागज आइपुग्छ त्यसपछि तपाईंले मैले कर तिरेको थाहा पाउनुहुनेछ,’ ट्रम्पले भनेका छन्, ‘अहिले लेखापरीक्षण भइरहेको छ ।’

राष्ट्रपति ट्रम्पले आफूले कर तिरेको कागजपत्र सार्वजनिक गर्न मानिरहेका छैनन् । यद्यपि यसमा उनले कानुनी रूपमा चुनौतीको सामना गर्नुपर्नेछ । उनी आफूले कर तिरेको प्रमाण सार्वजनिक नगर्ने सन् १९७० पछिको पहिलो राष्ट्रपति बनेका छन् ।

अमेरिकामा कानुनले नै आफूले कर तिरेको प्रमाण सार्वजनिक गर्नु भनेको छ । अर्काे कार्यकालका लागि समेत राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्पको अभियानमा यो समाचारले ठूलो असर गर्न सक्छ । निर्वाचनअघि विपक्षी उम्मेदवार जोई बाइडेनसँगको पहिलो सार्वजनिक बहसको केही दिनअघि राष्ट्रपति ट्रम्पले कर छली गरेको समाचार सार्वजनिक भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?