advertisement

प्रधानमन्त्री ओलीले शुक्रवारको बैठकमा नै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको संकेत गरेका थिए। उनले केही मन्त्रीहरु बिदा हुने संकेत गरेका थिए। आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

" /> मन्त्रिपरिषद्काे आकस्मिक बैठक जारी - Sarbocha Media

मन्त्रिपरिषद्काे आकस्मिक बैठक जारी

`

     २०७७ आश्विन ११ गते ८:३७

काठमाडौं, ११ असोज । मन्त्रिपरिषद्को बैठक वालुवाटारमा सुरु भएको छ। बैठक केही बेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने भएपनि आइतवार बैठक बसेको हो। मन्त्रिपरिपषद्को आकस्मिक बैठक भएको मन्त्रीहरु बताउँछन्।

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार नै यसैबिषयमा छलफल भएको थियो। ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनको विषयमा केही दिनयता छलफल जारी छ।

advertisement

प्रधानमन्त्री ओलीले शुक्रवारको बैठकमा नै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको संकेत गरेका थिए। उनले केही मन्त्रीहरु बिदा हुने संकेत गरेका थिए। आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?