एजेन्सी, १० असोज। युक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ ।
खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटना भएको हो ।
मृतक अधिकांश वायु सेनाका प्रशिक्षार्थी जवान रहेको जनाइएको छ । विमानमा २८ जना रहेको रुसी आपत्कालीन मन्त्रालयका अधिकारीले बताएका छन् ।

दुर्घटनामा दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय अधिकारीका अनुसार बेपत्ता चार जनाको खोजी भइरहेको छ।




