advertisement

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १२ हजार २६२ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

मन्त्रालयका अनुसार आइसीयूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४५९ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै उपत्यकाका २ सहित ६ जनाको मृत्यु भएको छ।

" /> उपत्यकामा कोरोनाबाट २ को मृत्यु, ६४५ जनामा संक्रमण - Sarbocha Media

उपत्यकामा कोरोनाबाट २ को मृत्यु, ६४५ जनामा संक्रमण

`

     २०७७ आश्विन ०९ गते ११:१६

काठमाडौं, ९ असाेज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट २ जनाको मृत्यु र ६४५ जनामा संक्रमण देखिएको छ। काठमाडौंमा ७५ वर्षीया महिला र ललितपुरमा ५१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीबार मात्रै उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु भएको थियो।

यस्तै काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१८ हजार २८९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ५२ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार ४६४ जना रहेका छन्।

advertisement

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १२ हजार २६२ पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४५५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ।

मन्त्रालयका अनुसार आइसीयूमा २२७ र भेन्टिलेटरमा ३९ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट हालसम्म ४५९ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै उपत्यकाका २ सहित ६ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?