काठमाडौं, ८ असाेज । पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४५३ पुगेको छ ।
पछिल्लाे २४ घण्टामा १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।

त्यसैगरी २४ घण्टामा ४ सय ५७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५० हजार ४११ पुगेको छ। मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको यो संख्या ७२ दशमलव ७ प्रतिशत हो।
मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ ।




