advertisement

बुधबार बिहान करिब १० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो जिपमाथि ढुंगासहितको पहिरो खसेको थियो । पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको थियो । मोटरसाइकलमा सवार दुई जनाको सकुशल उद्धार गरिएको थियो । जसमध्ये एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।

अहिले एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

" /> गुडिरहेको जिप पहिरोले पुरिँदा चालकको मृत्यु - Sarbocha Media

गुडिरहेको जिप पहिरोले पुरिँदा चालकको मृत्यु

`

     २०७७ आश्विन ०७ गते ८:४२

मकवानपुर, ७ असाेज । भीमफेदी–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२ देउराली नजिक जिप पुरिँदा एक जनाको मृत्यु भएको छ ।

सडकमा गुडिरहँदा माथिबाट खसेको पहिरोले जिप पुरिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार मृतक बारा पर्सौनी–४, का ४० वर्षीय युनिश अन्सारी हुन् । उनको घटनास्थलमै मृत्यु भएको रानाले जानकारी दिए । जिपमा चालक मात्र रहेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

advertisement

बुधबार बिहान करिब १० बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो जिपमाथि ढुंगासहितको पहिरो खसेको थियो । पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको थियो । मोटरसाइकलमा सवार दुई जनाको सकुशल उद्धार गरिएको थियो । जसमध्ये एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।

अहिले एक्स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?