एजेन्सी, ७ असोज । कोरोना भाइरसले धेरै ताप सहन सक्ने पत्ता लागेको छ ।
कोरोना भाइरसले आफूमा भएको क्षति आफैं निको पार्न सक्ने हंगेरीमा भएको एउटा अध्ययनले पत्ता लगाएको हो । अध्ययन टोलीले यस भाइरसलाई धेरै मसिनो सुइले घोचेर हेरेको जनाइएको छ। उनीहरूले यो बेलुनजस्तो फ्याट्ट फुट्ला भन्ने आशा गरेका तर नफुटेको बताइएको छ ।
अध्ययन टोलीले परीक्षणमा ८० नानोमिटरको सग्लो कोरोना भाइरस प्रयोग गरेको र यसलाई घोच्ने सुइको टुप्पा त्यो भन्दा निकै पातलो थियो। सुइले भाइरसको माथिबाट झन्डै सतहसम्मै घोचेपछि भाइरस छताछुल्ल भएको र फेरि सुइ हटाएको केहीबेरमै यो आफैं एकत्रित भएको टोलीले जनाए । उनीहरुको अनुसार भाइरस पहिलेकै अवस्थामा फर्किएर एकै डल्लो भएको थियो।

अध्येताहरूले झन्डै सय पटकसम्म यसै गरेको बताए। जति पटक घोचे पनि छताछुल्ल भएको भाइरस फेरि आफैं संगठित हुने गरेको उनीहरुले बताएका छन्।




