advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको जनाइएको छ ।

" /> आजदेखि पूर्ण क्षमतामा नियमित आन्तरिक उडान सुरु - Sarbocha Media

आजदेखि पूर्ण क्षमतामा नियमित आन्तरिक उडान सुरु

`

     २०७७ आश्विन ०५ गते १:४७

काठमाडौं, असोज ५ । कोरोना भाइरसको कारण बन्द रहेको आन्तरिकतर्फको नियमित उडान आजबाट पूर्ण क्षमतामा सुरु हुँदै छ । छ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिकतर्फको नियमित उडान सुरु हुन लागेको हो ।

नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको छ । आजदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य मापदण्ड विमानस्थलमा अपनाइएको बताइएको छ ।

सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि वायु सेवा सञ्चालकले तयारी पूरा नभएको र ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेपछि पाँच दिनपछि सरेको हो ।

advertisement

नेपाल नागरिक उड्डयन प्राधिकरणले असोज १६ सम्म २५ प्रतिशतसम्म उडान हुनेगरी तालिका स्वीकृत गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?