काठमाडौं, ३ असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा शनिबार बिहान टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत् देशवासीलाई सम्बोधन गर्नुभएको छ ।
देशवासीलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने र भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ प्रतिबद्धता गर्नुभएको छ । उहाँले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गर्नुभयो ।

कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीको भनाइ रहेको छ ।




