advertisement

कुलमानले विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नर्गन सबैलाई आग्रह गरेका छन् ।

" /> पुनः नियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिन समर्थकलाई कुलमानको आग्रह - Sarbocha Media

पुनः नियुक्तिको माग गर्दै प्रदर्शन नगरिदिन समर्थकलाई कुलमानको आग्रह

`

     २०७७ आश्विन ०३ गते ५:४२

काठमाडौं, ३ असोज । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगरिदिन सबैलाई अपिल गरेका छन् ।

कुलमानले आफ्नो प्राधिकरणमा पुनःनियुक्तिको माग गर्दै काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा हुँदै आएको प्रदर्शन रोक्न आग्रह गरेका छन् । उनले आज शनिबार विज्ञप्ति जारी गर्दै भनेका छनन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

advertisement

कुलमानले विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको बेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नर्गन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?