advertisement

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाइँले बिहीबार विहान भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

" /> ऊर्जामन्त्री पुनको सचिवालयको प्रष्टोक्ति : कुलमान घिसिङको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा छ - Sarbocha Media

ऊर्जामन्त्री पुनको सचिवालयको प्रष्टोक्ति : कुलमान घिसिङको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा छ

`

     २०७७ आश्विन ०१ गते ८:३७

काठमाडाैं, १ असाेज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्तिका लागि लगेका प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विधाराधीन अवस्थामा रहेको उनको सचिवालयले स्पष्ट पारेको छ ।

मन्त्री पुनको सचिवालयले प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा व्यक्त गरेको छ । ऊर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद् बैठकमा घिसिङलाई पुनः चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गरेका थिए ।

advertisement

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाइँले बिहीबार विहान भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?