काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होम क्वारेन्टिनमा बसेका छन्।सचिवालयका कार्यरत् दुई कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनी बुढानिलकण्ठस्थित होम क्वारेन्टिनमा बसेका हुन्।

उनका स्वकीय सचिव भानु देउवाका अनुसार बुधबार सचिवालयका कार्यरत् दुई कर्मचारीलाई कोरोना संक्रमण देखिएको हो।
मंगलबार पिसिआर परीक्षणका लागि स्वाब दिइएकोमा कोरोना संक्रमण देखिएको हो। कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि देउवा बुधबारदेखि नै क्वारेन्टिनमा बसेका हुन्।
संवैधानिक निकायहरूमा नियुक्तिका लागि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने तयारी गरिरहेका बेला देउवा क्वारेन्टिनमा बसेका हुन्। अब केही दिन संवैधानिक निकायका नियुक्तिबारेको छलफल अगाडि नबढ्ने देखिएको छ।




