काठमाडौं, ३० भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको पिसिआर परीक्षण गर्दा थप १४५९ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ४० हजार ६३८ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ ।




