नारायणकाजीले कुलमानलाईनै पुन : नियुक्ति गर्नुपर्छ भन्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई बढ्यो चिन्ता
काठमाडौं, ३० भदौ । नेकपा प्रचार विभाग प्रमुख एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले विद्युत् प्राधिकरणको प्रमुख कार्यकारीमा कुलमान घिसिङलाईनै पुन नियुक्ति दिनुपर्छ भन्दा पार्टीका प्रचार विभाग उपप्रमुख सूर्य थापाले यसको विरोध गरेका छन् ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत कुलमानको पक्षमा बोल्दा थापाले यसमा आपति जनाएका हुन् । सोमबार सामाजिक सञ्जाल ट्वीटरमामार्फत श्रेष्ठले नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योग्दान आवश्यक भएकाले पुनः नियूक्त हुनेमा आफू विश्वस्त भएको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन् ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्‚ ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’

प्रवक्ता श्रेष्ठको उक्त धारणाप्रति प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका थापाले सामाजिक सञ्जालबाटै आपत्ति जनाएका छन् । उनले लेखेका छन्, ‘कुलमान घिसिङको पक्षरविपक्षका यतिबेला आआफ्ना मतरअभिमत होलान् । मलाई त आफ्ना निम्ति यो नजाने गाउँको बाटो सोध्ने झमेलामा पर्न रुचि छैन। तर एक अवधि पूरा गरेर हिजो विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै‘कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो कि ? ‘




