काठमाडाैं, २९ भदाै । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्रावधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङ नै पुनः नियुक्ति हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै श्रेष्ठले नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योग्दान आवश्यक भएकाले पुनः नियूक्त हुनेमा आफू विश्वस्त भएको बताएका हुन्।

‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले ऊर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्’ श्रेष्ठले ट्वीटरमा लेखेका छन्‚ ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’
उता नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को सचिवालयले समेत कुलमान नियुक्त हुने दाबी गरेको छ। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नै मन्त्रिपरिषद् बैठकबाट नियुक्ति गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।




