advertisement

घिसिङ २०७३ साल भदौ २९ मा क्याबिनेट निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए। उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए। यसैकारण नागरिकस्तरबाट पनि घिसिङलाई पुन: नियुक्तिका माग भइरहेका छन्।

ऊर्जा मन्त्रालयले घिसिङलाई पुन: नियुक्ति दिने प्रस्ताव मन्त्रिपरिषदमा नपुर्‍याएको स्रोतको दाबी छ। ‘पुन: नियुक्तिको प्रस्ताव गएको छ/छैन पनि थाहा छैन,’ स्रोतले भन्यो, ‘एक सातादेखि मन्त्रिपरिषद बैठक पनि बसेको थाहा छैन।’

आइतबार मन्त्रिपरिषद बैठक बस्ने सूचना अहिलेसम्म नआएको एक मन्त्रीले सेतोपाटीलाई बताए।‘अहिले २ बजेसम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै खबर आएको छैन,’ ती मन्त्रीले भने।

 

" /> प्राधिकरणमा कुलमानको आज सकिँदै, अझै भएन पुन: नियुक्तिको निर्णय - Sarbocha Media

प्राधिकरणमा कुलमानको आज सकिँदै, अझै भएन पुन: नियुक्तिको निर्णय

`

     २०७७ भाद्र २८ गते ९:१६

काठमाडौं, २८ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसङको चार वर्षे कार्यकाल आज (आइतबार) सकिँदैछ।  प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पुन: नियुक्ति नभए घिसिङ सोमबारदेखि प्राधिकरण आउने छैनन्।

‘प्राधिकरणमा उहाँलाई विदाइ गर्ने आज कुनै औपचारिक कार्यक्रम छैन,’ प्राधिकरण स्रोतले भन्यो, ‘आज रातिसम्म क्याबिनेटले उहाँलाई पुन: नियुक्तिको निर्णय गरेन भने भोलि उहाँ प्राधिकरण आउनु हुन्न।’

advertisement

घिसिङ २०७३ साल भदौ २९ मा क्याबिनेट निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका थिए। उनले प्राधिकरण सम्हालेपछि लोडसेडिङमुक्त गराएका थिए। यसैकारण नागरिकस्तरबाट पनि घिसिङलाई पुन: नियुक्तिका माग भइरहेका छन्।

ऊर्जा मन्त्रालयले घिसिङलाई पुन: नियुक्ति दिने प्रस्ताव मन्त्रिपरिषदमा नपुर्‍याएको स्रोतको दाबी छ। ‘पुन: नियुक्तिको प्रस्ताव गएको छ/छैन पनि थाहा छैन,’ स्रोतले भन्यो, ‘एक सातादेखि मन्त्रिपरिषद बैठक पनि बसेको थाहा छैन।’

आइतबार मन्त्रिपरिषद बैठक बस्ने सूचना अहिलेसम्म नआएको एक मन्त्रीले सेतोपाटीलाई बताए।‘अहिले २ बजेसम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै खबर आएको छैन,’ ती मन्त्रीले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?