advertisement

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।

" /> भक्तपुरमा सुतेकै ठाउँमा आमा-छोराको हत्यापछि आत्महत्या गरेको हुनसक्ने - Sarbocha Media

भक्तपुरमा सुतेकै ठाउँमा आमा-छोराको हत्यापछि आत्महत्या गरेको हुनसक्ने

`

     २०७७ भाद्र २७ गते ३:२२

काठमाडौं, २७ भदौ । भक्तपुरमा तीन जनाको शव भेटिएको छ । ३६ वर्षीय सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा श्रीमती र छोराको हत्यापछि सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। सुदिपले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले बताएको हो।

प्रहरीको अनुसन्धान अनुसार दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्छ ।

शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो ।

advertisement

प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि अपराधस्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?