advertisement

सोसँगै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीच भएको उच्चस्तरीय परामर्श भएको थियो । परामर्शपछि अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।
त्यसका अलावा कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने निर्णय गरेको छ ।

त्यस्तै विदेशबाट रोजगारदाता कम्पनी वा विदेशी विमानले त्यसरी ल्याई दिन आग्रह गरेमा यसअघि ८ सय जना मात्र आउन दिइएकोमा अब यो संख्या तीन हजार पुर्‍याइने मन्त्रालयले जनाएको छ ।

यसअघि इत्तिहाद एयरले निःशुल्क कामदार ल्याउँछु भन्दा पर्यटन मन्त्रालयले अनुमति दिएको थिएन । मन्त्री भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने भएको छ ।

उनका अनुसार नियमति उडान भएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि समेत माग आएमा उडान थप गर्न सकिने गरी निर्णय भएको छ ।

" /> स्वदेश फर्किने नेपालीका लागि हट्यो उडान कोटा, माग आए अन्तर्राष्ट्रिय उडान संख्या थपिने - Sarbocha Media

स्वदेश फर्किने नेपालीका लागि हट्यो उडान कोटा, माग आए अन्तर्राष्ट्रिय उडान संख्या थपिने

`

     २०७७ भाद्र २५ गते १:१३

काठमाडौं, २५ भदौं । विदेशमा रहेका नेपालीहरुले स्वदेश फर्किन जहाज नपाइरहेको गुनासो गरिरहेका बेला सरकारले अन्तर्राष्टिय उडानको कोटा हटाएको छ ।

सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । यो कोटा हटाएर नियमित उडान शुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ ।

चार मन्त्रालयले पीसीआर नेगेटिभ भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्सले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय गरेका छन् । यसबारे बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच छलफल भएको हो ।

advertisement

सोसँगै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीच भएको उच्चस्तरीय परामर्श भएको थियो । परामर्शपछि अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको हो ।
त्यसका अलावा कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने निर्णय गरेको छ ।

त्यस्तै विदेशबाट रोजगारदाता कम्पनी वा विदेशी विमानले त्यसरी ल्याई दिन आग्रह गरेमा यसअघि ८ सय जना मात्र आउन दिइएकोमा अब यो संख्या तीन हजार पुर्‍याइने मन्त्रालयले जनाएको छ ।

यसअघि इत्तिहाद एयरले निःशुल्क कामदार ल्याउँछु भन्दा पर्यटन मन्त्रालयले अनुमति दिएको थिएन । मन्त्री भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने भएको छ ।

उनका अनुसार नियमति उडान भएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि समेत माग आएमा उडान थप गर्न सकिने गरी निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?