सिरहा, २५ भदौ । सिरहामा ५९ जना कैदीबन्दी, सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उनीहरुमा बुधबार कोरोना पुष्टि भएको हो । सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना देखिएको हो । पछिल्लो ३ दिनमा सिरहामा १ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

सिरहामा यससँगै सिरहामा सक्रिय संक्रमितको संख्या २ सय ६५ पुगेको छ । हालसम्म ३ सय ५५ जना निको भएर घर फर्किसकेका छन् । १० जनाको कोरोनाले मृत्यु भइसकेको छ ।




