advertisement

बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने र बढाउने गर्दै आएका थिए ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गनुपर्ने जानकारी दिए ।

बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गर्ने गरेको हुँदा कोरोना महामारी र निषधाज्ञाको कठिन अवस्थामा ऋणिहरुले ब्याज र किस्ता बुझाउन नसकेको कारण राष्ट्र बैकले तत्काल ब्याजदर नबढाउन निर्देशन दिएको हो ।

" /> घर, गाडी तथा हाउजिङको कर्जाको व्याज नबढाउन राष्ट्र बैंकको निर्देशन - Sarbocha Media

घर, गाडी तथा हाउजिङको कर्जाको व्याज नबढाउन राष्ट्र बैंकको निर्देशन

`

     २०७७ भाद्र २४ गते १०:०३

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले घर, गाडी र हाउजिङ निर्माण तथा खरिदका लागि बैंकबाट लिएको ऋणमा व्याजदर बढाउन नपाउने भन्दै बैकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा व्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।

राष्ट्र बैकले कोरोना भाइरस र लकडाउनबाट अर्थतन्त्र प्रभावित बन्दै गएको अवस्थामा बैंक तथा बित्तीय संस्थाहरुलाई कर्जा ऋणिको व्याजदरमा जथाभावी घटबढ नगर्न भनेको छ । लामो बन्दाबन्दीको कारण बैक तथा बित्तीय संस्थाको व्याज र किस्ता बुझाउन सर्वसाधारण ऋणिलाई कठिन भएको छ । बैकको होम लोन, अटो लोन, तथा हाउजिङ र अन्य कर्जाको व्याज तत्काल नबढाउन भनिएको छ ।

advertisement

बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने र बढाउने गर्दै आएका थिए ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता डाक्टर गुणाकर भट्टले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गनुपर्ने जानकारी दिए ।

बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गर्ने गरेको हुँदा कोरोना महामारी र निषधाज्ञाको कठिन अवस्थामा ऋणिहरुले ब्याज र किस्ता बुझाउन नसकेको कारण राष्ट्र बैकले तत्काल ब्याजदर नबढाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?