" /> जात व्यवस्थाको अन्त्य गर्न बागमती प्रदेश समिति पुनर्गठन - Sarbocha Media

जात व्यवस्थाको अन्त्य गर्न बागमती प्रदेश समिति पुनर्गठन

`

     २०७७ भाद्र २४ गते १:४६

काठमाडौं, २४ भदौ । देशमा भएको जातिय प्रथा उन्मुलनको निमित्त जात व्यवस्था उन्मुलन मोर्चा नेपाल’को ’बागमती प्रदेश समिति’ मंगलबार पुनर्गठन गरिएको छ ।

कोरोना भाइरस रोकथामका लागि उपत्यकामा लगाइएको निषेधाज्ञालाई मध्यनजर गर्दै मोर्चाको भर्चुअल माध्यम जुममा भएको भेलाले छत्र लाखेको संयोजकत्वमा समिति पुनर्गठन गरेको हो । ३१ सदस्यीय समितिमा बाँकी सदस्य पछि थपिने छ ।

‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल’को ‘जात व्यवस्था उन्मुलन मोर्चा,नेपाल’ अन्तर्गत ‘बागमती प्रदेश समिति’ गठन भएको छ । समितिले जात व्यवस्था उन्मुलनको निम्ति विभिन्न कार्ययोजना सहित काम गर्नेछ। ३१ सदस्यीय समितिमा ५ जना पछि थपिने गरि अहिले २६ जनाको समिति गठन गरिएको जनाइएको छ ।

जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ, वैज्ञानिक समाजवादी महिला संगठनकी संयोजक धनकुमारी सुनार, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको बागमती प्रदेश संयोजक नविन रिमाल, जात व्यवस्था उन्मुलन मोर्चा नेपालको बागमती उपत्यका सम्पर्क समितिका संयोजक महावीर विश्वकर्मा लगायत उपस्थितीका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?