advertisement

‘महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका कोणबाट जनजीवन असहज बन्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ,’ ‘महर्जनले भने, ‘भदौ २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई पनि नियमित गर्ने र आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ ।’

फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेका कारण उपाध्यक्ष महर्जनको अध्यक्षतामा बैठक बसेको हो।

‘काठमाडौँ उपत्यकामा कोरोना संक्रमण मृत्युदर तिव्र बढीरहेको छ। उपत्यका मुलुककको राजधानी र घना वस्ती भएको ठाउँ हो,’ बैठकपछि बोल्दै फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, । भदौ ३ गतेबाट जारी निषेधाज्ञा भदौ २४ गतेबाट सकिदैछ।

नेपाल प्रहरी र शसस्त्रले अन्य सुरक्षाका लागि पनि तैनाथ हुनुपर्ने भएकाले उपत्यका प्रवेश नाकामा सेना खटाएर आर्थिक गतिविधि चलायमान बनाउँदै जनजीवन सहज पार्नुपर्ने उनको भनाइ छ।

‘कोभिड संक्रमणको दर घटेको छैन। महामारीसँग डराएर दैनिक श्रम गरेर खाने मध्यम र निम्न वर्गका परिवारमाथि समस्या थपिँदै गएको अवस्थामा हामीले यस्तो निर्णय गरेका हौँ,’ उनले भने, ‘उपत्यका भित्रको संक्रमण कम गर्ने र बाहिरबाट थपिने समस्या रोक्न सीमा नाकामा कडाई गर्नुपर्छ भनेका हौँ।’

" /> प्रवेश नाकामा सेना परिचालन गर्न उपत्यका मेयर फोरमको सिफारिस - Sarbocha Media

प्रवेश नाकामा सेना परिचालन गर्न उपत्यका मेयर फोरमको सिफारिस

`

     २०७७ भाद्र २३ गते २:५५

काठमाडौं, २३ भदाै । उपत्यकाको मेयर फोरमले सीमा नाकामा कडाई गर्न सेना परिचालनका लागि सिफारिस गरेको छ ।मंगलबार बसेको मेयर फोरमको बैठकले उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्न र सीमा नाकामा सेना परिचालन गरेर कडाई गर्न सिफारिस गरेको हो ।

उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाई गर्न माग गरेको हो ।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यका भित्रको जन–जीवन खुकुलो बनाउँदै नकामा भने सेना खटाएर भए पनि अत्यन्त कडाई गर्न संघीय सरकार र तीन जिल्ला प्रशासनसँग माग गर्ने निर्णय गरेको जानकारी दिए।

advertisement

‘महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका कोणबाट जनजीवन असहज बन्न थालेपछि हामीले यस्तो निर्णय गरेका हौँ,’ ‘महर्जनले भने, ‘भदौ २५ गतेदेखि नगरपालिका र वडाबाट सञ्चालन हुने सेवालाई पनि नियमित गर्ने र आवश्यकताअनुसार सञ्चालन गर्दै लैजाने निर्णय भएको छ ।’

फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेका कारण उपाध्यक्ष महर्जनको अध्यक्षतामा बैठक बसेको हो।

‘काठमाडौँ उपत्यकामा कोरोना संक्रमण मृत्युदर तिव्र बढीरहेको छ। उपत्यका मुलुककको राजधानी र घना वस्ती भएको ठाउँ हो,’ बैठकपछि बोल्दै फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने, । भदौ ३ गतेबाट जारी निषेधाज्ञा भदौ २४ गतेबाट सकिदैछ।

नेपाल प्रहरी र शसस्त्रले अन्य सुरक्षाका लागि पनि तैनाथ हुनुपर्ने भएकाले उपत्यका प्रवेश नाकामा सेना खटाएर आर्थिक गतिविधि चलायमान बनाउँदै जनजीवन सहज पार्नुपर्ने उनको भनाइ छ।

‘कोभिड संक्रमणको दर घटेको छैन। महामारीसँग डराएर दैनिक श्रम गरेर खाने मध्यम र निम्न वर्गका परिवारमाथि समस्या थपिँदै गएको अवस्थामा हामीले यस्तो निर्णय गरेका हौँ,’ उनले भने, ‘उपत्यका भित्रको संक्रमण कम गर्ने र बाहिरबाट थपिने समस्या रोक्न सीमा नाकामा कडाई गर्नुपर्छ भनेका हौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?