काठमाडौं, २३ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९०२ जनामा संक्रमण फला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २२८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३२ हजार ९६४ उपचारपछि निको भएका छन् ।




