advertisement

यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

उनले उत्यकाका निम्न आय भएका वर्गको अवस्था जटिल बन्दै गएको कुराबारे आफूहरु अवगत रहेको बताउँदै भने, ‘उहाँहरुको लागि जे उपयुक्त हुन्छ त्यहीं निर्णय गर्छौ, निर्णय भोलि आउँछ, आज छलफल र परामर्श हुन्छ ।’

यस्तै उनले स्वास्थ्य विज्ञसँग पनि परामर्श भइरहेकाले स्वास्थ्यसँगै आर्थिक र सामाजिक प्रभावलाई ध्यानमा राखेर निर्णय हुने बताएका छन् । बैठकमा आर्थिक गतिविधि ठप्प भएकाले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने बारेमा पनि परामर्श भइरहेको छ ।

" /> काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै - Sarbocha Media

काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै

`

     २०७७ भाद्र २३ गते १०:३५

काठमाडौं, २३ भदौं । लामो समयदेखि जारी लकडाउनका कारण उपत्यकाको जनजीवन कष्टप्रद बन्दै गएको छ ।

उपत्यकामा जारी लकडाउन भोलि (बुधबार) सकिंदै गरेका बेला उपत्यका प्रशासनले चौथो पटक निषेधाज्ञा थप्ने वा नथप्ने भन्ने विषयमा छलफल थालिएको छ । मंगलबार दिउँसो साढे २ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भर्चुअल संवाद हुँदैछ ।

कोरोना संक्रमण बढेपछि तीन वटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ । अहिले उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको छ ।

advertisement

यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन् ।

उनले उत्यकाका निम्न आय भएका वर्गको अवस्था जटिल बन्दै गएको कुराबारे आफूहरु अवगत रहेको बताउँदै भने, ‘उहाँहरुको लागि जे उपयुक्त हुन्छ त्यहीं निर्णय गर्छौ, निर्णय भोलि आउँछ, आज छलफल र परामर्श हुन्छ ।’

यस्तै उनले स्वास्थ्य विज्ञसँग पनि परामर्श भइरहेकाले स्वास्थ्यसँगै आर्थिक र सामाजिक प्रभावलाई ध्यानमा राखेर निर्णय हुने बताएका छन् । बैठकमा आर्थिक गतिविधि ठप्प भएकाले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने बारेमा पनि परामर्श भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?