advertisement

कुटपिटको आरोपमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको ललितपुर प्रहरीले जनाएको छ । पाँच जनाको रिपोर्ट आएको छैन । पक्राउ परेका सबैलाई क्वारेन्टिनमा राखिएको प्रहरीले जानकारी दिएको छ । रथ तान्ने दिन खटिएका प्रहरी र पक्राउ परेका युवा गरी अहिलेसम्म १८ जनामा कोरोना पुष्टि भएको छ ।

" /> रथ यात्रामा ट्राफिक प्रहरी कुट्ने ६ जनामा कोरोना पुष्टि, ५ जनाको रिपोर्ट आउँदै - Sarbocha Media

रथ यात्रामा ट्राफिक प्रहरी कुट्ने ६ जनामा कोरोना पुष्टि, ५ जनाको रिपोर्ट आउँदै

`

     २०७७ भाद्र २२ गते ९:४८

काठमाडौं, २२ भदौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटेको आरोपमा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको बिहीबार पुल्चोकमा रथ तान्ने विषयमा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो । त्यसैबेला ड्युटीमा जान हिंडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई एक्लै पारेर युवाको समूहले कुटपिट गरेको थियो ।

advertisement

कुटपिटको आरोपमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको ललितपुर प्रहरीले जनाएको छ । पाँच जनाको रिपोर्ट आएको छैन । पक्राउ परेका सबैलाई क्वारेन्टिनमा राखिएको प्रहरीले जानकारी दिएको छ । रथ तान्ने दिन खटिएका प्रहरी र पक्राउ परेका युवा गरी अहिलेसम्म १८ जनामा कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?