advertisement

भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यहाँ कोरोनाकै कारण शनिबार १ हजार ४४ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ ज्यान गुमाउने कुल संख्या ७० हजार ६७९ पुगेको छ ।

" /> भारतमा कोरोना डरलाग्दो गतिमा फैलिदै, एकै दिनमा ९० हजार ६०० संक्रमित फेला - Sarbocha Media

भारतमा कोरोना डरलाग्दो गतिमा फैलिदै, एकै दिनमा ९० हजार ६०० संक्रमित फेला

`

     २०७७ भाद्र २१ गते ३:३६

काठमाडौं, २१ भदौ । भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ । ग्राफ अनुसार विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलको कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै रहेको छ ।

त्यहाँ शनिबार एकै दिन हालसम्मकै बढी ९० हजार ६०० संक्रमित परेको वर्ल्डोमिटर्सको तथ्यांक छ । उक्त संक्रमण भारतभर मात्र नभएर विश्वमै अहिलेसम्म एकैदिन फेला परेका सर्वाधिक संख्या हो ।

भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । हाल सर्वाधिक संक्रमित अमेरिका रहेका छन्, त्यहाँ कुल ६४ लाख २९ हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएको छ । त्यसपछि ब्राजिलमा कुल ४१ लाख २३ हजार मानिस संक्रमित भएका छन् ।

advertisement

भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । त्यहाँ कोरोनाकै कारण शनिबार १ हजार ४४ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ ज्यान गुमाउने कुल संख्या ७० हजार ६७९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?