काठमाडौं, २० भदौ । विश्वमा कोरोनाविरुद्धको खोप सन् २०२१ को मध्यसम्ममा पनि नआउन सक्ने जनाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको हो। विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिस अर्को वर्षको मध्यतिर सम्मपनि कोरोनाविरुद्धको खोप नआन सक्ने बताएका छन्।
उनले अहिलेसम्म कुनै पनि खोप खासै प्रभावकारी नदेखिएको भन्दै आगामी वर्षको मध्यसम्म पनि खोप बनिसक्ने अपेक्षा गर्न नसकिने बताएका हुन्।

अहिलेसम्मका परीक्षणमा आएका विभिन्न खोपहरु उन्नत क्लिनिकल परीक्षणमा डब्लुएचओले खोजेको कम्तीमा ५० प्रतिशतको स्तरमा प्रभावकारी नभएको जनाइएको छ।




