advertisement

कोरोना भाइरस महामारीले गर्दा यो वर्ष सरकारले मानिस जमघटमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलने त्रासको कारणले यो वर्ष मनाइने सबै जात्रा स्थगित गरिएको थियो । तर ललितपुरको मुख्य रातो मछिन्द्रनाथको जात्राको रथ भने बिहीबार एकाएक तानिएकाे थियाे । त्यसपछि स्थानीयर र प्रहरबीच झडप समेत भएकाे थियाे ।

स्थानीय र प्रहरबीच झडप भएपछि अहिले ललितपुरमा कर्फ्यु लगाइएकाे छ ।

" /> कर्फ्युका बीच पनि रातो मछिन्द्रनाथकाे पूजा गरियाे - Sarbocha Media

कर्फ्युका बीच पनि रातो मछिन्द्रनाथकाे पूजा गरियाे

`

     २०७७ भाद्र १९ गते ८:५७

काठमाडौं, १९ भदौ । कर्फ्युका बीच ललितपुरकाे पुल्चोकमा रातो मछिन्द्रनाथको क्षमा पूजा गरिएकाे छ । आज (शुक्रबार) १० बजेदेखि ८ जना पुजारीको सहभागितामा सुरू भएकाे पूजा अहिले चलिरहेकाे छ ।

बिहीबार दिउँसो भएको झडपपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको रातो मछिन्द्रनाथ पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए । उनले भने- ‘अवस्था सामान्य हुन्थ्यो भने ३०, ३५ जना पुजारीहरु भएर पूजा गर्नुपर्थ्याे।’

advertisement

कोरोना भाइरस महामारीले गर्दा यो वर्ष सरकारले मानिस जमघटमा प्रतिबन्ध लगाएको छ । संक्रमण फैलने त्रासको कारणले यो वर्ष मनाइने सबै जात्रा स्थगित गरिएको थियो । तर ललितपुरको मुख्य रातो मछिन्द्रनाथको जात्राको रथ भने बिहीबार एकाएक तानिएकाे थियाे । त्यसपछि स्थानीयर र प्रहरबीच झडप समेत भएकाे थियाे ।

स्थानीय र प्रहरबीच झडप भएपछि अहिले ललितपुरमा कर्फ्यु लगाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?