ललितपुर, १८ भदौ । बिहीबार पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरिएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको राईले बताए।

‘प्रहरीमाथि कुटपिट गर्नेहरू जसरी पनि पक्राउ पर्छन्। हामीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेका छौं,’ एसएसपी राईले भने,’अरू पनि संलग्न छन् भने पक्राउ गर्छौं।’
प्रहरीले उनीहरूमाथि संक्रामक रोग ऐन २०२० अन्तर्गत मुद्दा चलाउन सकिने बताएकाे छ। घाइते जवान घिमिरेको अहिले ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको छ।




