advertisement

भारतीय सञ्‍चारमाध्यम इकोनमिक टाइम्सले नेपालले पनि लपुलेक क्षेत्रमा भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको जनाएको छ ।

यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपाल-भारतबीच तिक्तता उत्पन्‍न भएको थियो । उक्त तिक्तताको परिणाम नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटर नयाँ नक्सा जारी गरेको छ ।

अहिले पनि कालापानीमा भारतीय सेना रहेको छ । कालापानीमा रहेको सेनालाई नै लिपुलेकमा विशेष निगरानी गर्न भारत सरकारले निर्देशन दिएको हो ।

" /> चीनसँग तनाव बढेपछि सेनालाई भारतको निर्देशन- लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्नू - Sarbocha Media

चीनसँग तनाव बढेपछि सेनालाई भारतको निर्देशन- लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्नू

`

     २०७७ भाद्र १८ गते ९:१४

काठमाडौं, १८ भदाै । भारत-चीनबीच तनाव बढ्दै गएपछि नेपाल र भुटानको सीमा क्षेत्रमा विशेष निगरानी गर्न भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिएको छ ।

२९-३० अगस्तमा पूर्वी लद्दाखको सुशुल भ्यालीमा भारत-चीन सेनाबीच आमने-सामने भएपछि भारतले उत्तरी सीमा क्षेत्रमा उच्च‍ सतर्कता अपनाएको हो ।

चिनियाँ सेनाले सीमा क्षेत्रमा आफ्नो गतिविधि बढाएको भन्दै नेपाल-भारत-चीन ‘त्रिदेशीय नाका’ लिपुलेक क्षेत्रमा विशेष निगरानी गर्न आफ्नो सेनालाई भारतले निर्देशन दिएको स्पुतनिक न्युजले उल्लेख गरेको छ ।

advertisement

भारतीय सञ्‍चारमाध्यम इकोनमिक टाइम्सले नेपालले पनि लपुलेक क्षेत्रमा भारतीय सेनाका गतिविधिमा निगरानी गर्न आफ्नो सशस्त्र सुरक्षा फौजलाई निर्देशन दिएको जनाएको छ ।

यसअघि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि नेपाल-भारतबीच तिक्तता उत्पन्‍न भएको थियो । उक्त तिक्तताको परिणाम नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटर नयाँ नक्सा जारी गरेको छ ।

अहिले पनि कालापानीमा भारतीय सेना रहेको छ । कालापानीमा रहेको सेनालाई नै लिपुलेकमा विशेष निगरानी गर्न भारत सरकारले निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?