advertisement

प्रदेशका कुल सङ्क्रमण पुष्टि भएमध्ये उपचारले निको भएकाहरुको सङ्ख्या पाँचहजार ७१ पुगेको छ । सप्तरी र सिरहामा अहिले २०४ र ९४ जना उपचार गराइरहेका छन् । यता प्रदेशका अन्य छ जिल्लामध्ये उपचार गराइरहेकामा पर्सा अझै एकहजार माथि देखिएको छ । पर्साका ९५४ जना निको भएर फर्के पनि एकहजार २७९ जना अझै आइसोलेसनमा छन् । यसबाहेक सर्लाही, महोत्तरी, रौतहट, धनुषा र बारामा उपचार लिइरहेका सङ्क्रमितको सङ्ख्या ५०० र एकहजारको बीचमा देखिएको निर्देशनालयले जनाएको छ ।

" /> प्रदेश नं. २ मा सङ्क्रमण र मृतकको सङ्ख्या ह्वात्तै बढ्यो - Sarbocha Media

प्रदेश नं. २ मा सङ्क्रमण र मृतकको सङ्ख्या ह्वात्तै बढ्यो

`

     २०७७ भाद्र १८ गते ७:०६

महोत्तरी, १८ भदौ ।  कोभिड–१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं. २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ ।

प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड–१९ सङ्क्रमण र यसबाट मर्नेको सङ्ख्या ह्वात्तै बढेको छ ।

भदौ लागेयताका पछिल्ला १७ दिनभित्रै कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । साउन मसान्तमा ४५ रहेको यो सङ्ख्या हिजो बुधबारसम्ममा ९५ पुगेको हो । बयालीस जनाको साउनमा, एकजनाको असारमा र दुईजनाको जेठमा मृत्यु भएको थियो ।

मृतकमध्ये पर्साका सर्वाधिक ३६ जना परेका छन् । यसैगरी बाराका १५, धनुषाका १२, महोत्तरीका १०, सिरहाका आठ, सप्तरीका छ, रौतटहका पाँच र सर्लाहीका तीनजनाको कोभिड–१९ महाव्याधिले ज्यान गएको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

हालसम्म सङ्क्रमण पुष्टि भएका मृतकको कुल सङ्ख्या ९५ मध्ये ५० भदौ लागेयताका घटना भएको निर्देशनालयका निमित्त निर्देशकको जिम्मेवारीमा समेत रहनुभएका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

यसैगरी जारी भदौका हालसम्म (बुधबारसम्म) नै तीनहजार ५६१ नयाँ सङ्क्रमित थपिएका छन् । गत साउनभरिमा तीनहजार ५४ मा सङ्क्रमण पुष्टि भएको थियो । अहिले प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या १० हजार ५५६ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । तीमध्ये एक हजार ८९७ असारमा, एकहजार ९१९ जेठमा, ९२ जना वैशाखमा र तीनजना चैत महिनामा सङ्क्रमण पुष्टि भएका वरिष्ठ स्वास्थ्य प्रशासक झाले स्पष्ट पार्नुभयो ।

प्रदेशमा सबैभन्दा बढी पर्सा जिल्ला सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । पर्सामा हालसम्म (बुधबारसम्म) दुईहजार २२३ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरि रौतहटमा एकहजार ६५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबारसम्म धनुषामा एकहजार ६३४, सर्लाहीमा एकहजार ६१४, महोत्तरीमा एकहजार २८३, बारामा ९१३, सप्तरीमा ८०६ र सिरहामा ४१२ जनामा सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक झाले जानकारी दिनुभयो ।

advertisement

प्रदेशका कुल सङ्क्रमण पुष्टि भएमध्ये उपचारले निको भएकाहरुको सङ्ख्या पाँचहजार ७१ पुगेको छ । सप्तरी र सिरहामा अहिले २०४ र ९४ जना उपचार गराइरहेका छन् । यता प्रदेशका अन्य छ जिल्लामध्ये उपचार गराइरहेकामा पर्सा अझै एकहजार माथि देखिएको छ । पर्साका ९५४ जना निको भएर फर्के पनि एकहजार २७९ जना अझै आइसोलेसनमा छन् । यसबाहेक सर्लाही, महोत्तरी, रौतहट, धनुषा र बारामा उपचार लिइरहेका सङ्क्रमितको सङ्ख्या ५०० र एकहजारको बीचमा देखिएको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?