काठमाडौं, १७ भदाै । किरात राई विद्यार्थी (किरावि) संघद्वारा आयोजित ‘अनलाइन वक्तृत्वकला’ प्रतियोगिमा धरानकी बिलम राई प्रथम भएकी छन् । संघको २२ औं स्थापना दिवसको अवसरमा आयोजित ‘मातृभाषामा शिक्षा’ विषयक ‘अनलाइन वक्तृत्वकला’ प्रतियोगितामा एक सय बढी प्रतियोगिलाई पछि पार्दै बिमला प्रथम हुन सफल भएकी हुन् । उनले नगद रू ३० हजार पुरस्कारका साथमा प्रमाणपत्र प्राप्त गरेकी छन् ।
प्रतियोगितामा त्रिभुवन विश्ववि विद्यालयमा अध्यायनरत काठमाडाैंकी अनिता माझी द्वितिया भइन् भने सिन्धुपाल्चाेक, पाँचपाेखरी थाङपाल गाउँपालिकाका छिरिङ शेर्पा तृतिया भए । अनिताले नगद रु २० हजारसहित प्रमाणपत्र हात पारिन् भने छिरिङले नगद रु १० हजारसहित प्रमाणपत्र हात पारे ।

त्यस्तै माेरङ रत्नमाईका सृजन विष्ट, जनता बहुमुखी क्याम्पसमा अध्यायनरत सन्जिता राई र त्रिभुवन विश्ववि विद्यालयमा अध्यायनरत संखुवासभा खादबारीका दिवस राई सान्त्वना भए । उनीहरू तीनै जनाले नगद रु ५/५ हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा श्री विरेन्द्र मावि मुग्लिमा अध्यनरत थुलुङ दुधकाेशी नगरपालिकाकी दिब्या राई र पाँचथर मिक्लाजुङ गाउँपालिकाका उत्तम लावती लिम्बू प्राेत्साहित बने ।
कोराना भाइरस (कोभिड–१९)को महामारीसँगै सरकारले भेला, बैठक, छलफल गर्न निषेध गरेसँगै संघले आफ्नो स्थापना दिवसकाे अवसरमा यसपल्ट अनलाइन वक्तृत्कला प्रतियोगिता गरेकाे थियाे । अनलाइन वक्तृत्कला प्रतियोगितासँगै संघले यसपल्टकाे स्थापना दिवसमा भर्चुयल कार्यक्रम गरी भव्यरुप मनाएकाे छ ।
प्रथम भएकी बिलम राईकाे प्रस्तुति-
२०५६ भदौ १७ गते नवीन राईको अध्यक्षतामा किरावि संघकाे स्थापना भएकाे थियाे । स्थापना भएकाे दुई वर्ष नपुग्दै संस्थापक अध्यक्ष नवीन राईलाई तत्कालिन सरकारको आदेशमा गिरफ्तार गरि बेपत्ता परिएकाे थियाे । बेपत्ता छानविन आयोगले अझै पनि नवीन राईलाई वेपत्ता सूचीमा संमावेश गरेकाे छ ।
किरावि संघका केन्द्रीय अध्यक्ष जितेन राईकाे अध्यक्षता र किरात राई यायोक्खाको अध्यक्ष दिवस राईकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा यायोक्खा इन्चार्ज तथा उपाध्यक्ष जीवन हत्ताेछाे, भाषाशास्त्री अमृत याेञ्जन, भाषा आयाेग उपसचिव तथा शिक्षा विभाग लाेप बहादुर लाेप्चन किरावि संघका पूर्व अध्यक्ष भाेगिराज राई, राविन राई, धीरेन रम्दाली, अर्जुन जम्नेली र विर्सिका राईकाे उपस्थिति रहेकाे थियाे ।
त्यस्तै कार्यक्रममा अनेरास्ववियूका संयाेजक रञ्जित तामाङ, नेपाल विद्यार्थीसंघका नेता वलदेव तिमिल्सिना, समाजवादी विद्यार्थी संघ युनियनको अध्यक्ष रूपनारायण श्रेष्ठ, आदिवासी जनजाति विद्यार्थी महासंघका पूर्व अध्यक्ष नर बहादुर गुरूङ, जातिय विद्यार्थी संघका पुकार गुरूङ, दिनेश लाे, दिपा लम्ला, चन्द्र पाठ, डेमा छिरिङलगायतको उपस्थिति थियो ।
द्वितिया भएकी अनिता माझीकाे प्रस्तुती-
तृतिया भएका छिरिङ शेर्पाकाे प्रस्तुति-




