advertisement

 

" /> विद्यार्थीहरुले घरैबाट परीक्षा यसरी दिन पाइने - Sarbocha Media

विद्यार्थीहरुले घरैबाट परीक्षा यसरी दिन पाइने

`

     २०७७ भाद्र १७ गते ७:०२

काठमाडौं, भदौ १७ । कोरोना भाइरसको महामारीमा क्याम्पस/कलेज र विद्यार्थीहरुले परीक्षामा पालना गुर्नपर्ने नियम तयार भएको छ।

पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस/कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको हो ।

कोरोनाका कारणले उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको जनाइएको छ । पूविले सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको जनाइएको छ ।पूविले परीक्षाका क्रममा क्याम्पस-कलेजले पालना गर्नुपर्ने ७ र परीक्षार्थीले पालना गर्नुपर्ने १६ बुँदे नियम बनाएको छ ।

परीक्षामा सहभागी हुन नियम अनुसार फाराम भरेर परीक्षा व्यवस्थापन कार्यालयबाट अनिवार्य रोल नम्बर प्राप्त गरेको हुनुपर्दछ । पूविबाट रोल नम्बर प्राप्त गरेका विद्यार्थीले आफू बसेकै स्थानबाट परीक्षा दिन पाउने छन् ।

परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा १० दिन अगाडि आफ्नो आधिकारिक इमेल सम्बन्धित क्याम्पसमा पठाउनु पर्नेछ । इन्टरनेट, विद्युत, पेन, एफोर साइज पेपर आदि परीक्षार्थी आफैंले व्यवस्था गर्नुपर्ने लगायतका नियमहर रहेका छन् ।

advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?